काँग्रेस संसदीय दलको बैठक शनिबार बस्ने

डिसी नेपाल
२३ वैशाख २०७८ १८:५३

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आगामी शनिबार बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने प्रस्ताव राखेको विषयमा छलफल गर्न काँग्रेस संसदीय दलको बैठक बस्न लागेको हो।

आगामी सोमबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथि मतदान हुनेछ। काँग्रेस पदाधिकारी बैठकले सो विश्वासको मतको प्रस्तावलाई असफल पार्ने निर्णय गरिसकेको छ।

बुधबारमात्र प्रधानमन्त्री ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेर विश्वासको मतको प्रस्तावमा सहयोग मागेका थिए। तर, काँग्रेसले सहयोग गर्न नसकिने भन्दै प्रधानमन्त्रीलाई फर्काइदिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *