माधव नेपाल र देउवाबीच बुढानिलकण्ठमा छलफल जारी, भीम रावल पनि पुगे

डिसी नेपाल
२३ वैशाख २०७८ १९:०७

काठमाडौं। एमाले नेता माधवकुमार नेपाल र काँग्रेस सभापति शेरबहादुर देउवाबीच देउवा निवास बुढानिलण्ठमा छलफल जारी छ। नेता नेपाल पौने ६ बजे बुढानिलकण्ठ पुगेका हुन्। उनीहरुबीच छलफल चलिरहेका बेला एमाले नेता भीम रावल पनि बुढानिलकण्ठ पुगेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा विश्वासको मत लिन प्रस्ताव राखेको विषयमा उनीहरुबीच छलफल चलेको बुझिएको छ। बुधबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पनि बुढानिलकण्ठ पुगेका थिए।

एमालेमा समानान्तर गतिविधि गरिरहेका नेता नेपाल र देउवाबीच प्रतिनिधिसभामा विश्वासको मतको प्रस्तावमाथि मतदान हुने समय नजिकै आउँदा भएको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ। माधव समूहले ओलीलाई सो प्रस्तावमा सहयोग गर्ने वा नगर्ने भन्ने निर्णय गरिसकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *