वीरेन्द्रनगरद्वारा अक्सिजनसहितको २५ शैया कोभिड अस्पताल सञ्चालन

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले अक्सिजनसहितको २५ शैयाको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।
कटकुवा स्वास्थ्य चौकीमा निर्माण गरिएको अस्पतालको शुक्रबार नगर प्रमुख देवकुमार सुवेदीले उद्घाटन गरेका हुन् ।
कोरोना भाइरसको नयाँ भेरीयन्ट तीब्ररुपमा फैलिरहेको बेला संक्रमितको सहज उपचारका लागि कोभिड अस्पताल सञ्चालनमा ल्याइएको नगर प्रमुख सुवेदीले बताए ।
हाल अस्पतालको २५ शैयामध्ये १० शैया अक्सिजनसहितको रहेको उनले जानकारी दिए । उनका अनुसार अस्पताललाई ५० शैयाको बनाउने गरी तयारी भइरहेको छ ।
प्रतिक्रिया
Facebook Comment