मुख्यमन्त्रीलाई युवकको आग्रह –‘बिहेमा प्रतिबन्ध लगाइदिनुस्, मेरी गर्लफ्रेण्डको बिहे पनि रोकिनेछ’
काठमाडौं। कोरोनाभाइरसको संक्रमण फैलिइरहेका बेला भिडभाड हुने कार्यक्रमहरु नगर्न लगातार आग्रह गरिँदै गर्दा विवाहका कार्यक्रम भने रोकिएका छैनन् । संक्रमण तीब्र रुपमा बढिरहेको छ । संक्रमण र मृत्युको तथ्यांक डरलाग्दो बन्दै गइरहेको छ । नेपालसहित भारतमा पनि विभिन्न ठाउँहरुमा लकडाउन लागू गरिएको छ । भारतको राजस्थान सरकारले ५ मेदेखि १५ मेसम्म सम्पूर्ण लकडाउन लागू गरेको छ । यसअघि राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले १ मेका दिन फेसबुकमा पोस्ट गर्दै राज्यका जनतालाई तय भएका बिहेका कार्यक्रम स्थगित गर्न आग्रह गरेका थिए ।
यो फेसबुक पोस्टमा ४ मेका दिन एउटा कमेन्ट आयो । यो कमेन्टको स्क्रिनसड लिएर सामाजिक संजालमा शेयर गरियो । यो स्क्रिनसट हेर्दाहेर्दै भाइरल भएको छ । यो कमेन्ट अंकुर दौरवाल नामका फेसबुक प्रयोगकर्ताको तर्फबाट गरिएको थियो । यो कमेन्टमा लेखिएको थियो ‘तपाइँ नै रोक लगाइदिनुस् अशोक जी । भोलि मेरी गर्लफ्रेण्डको बिहे छ त्यो पनि रोकिनेछ । तपाइँ एउटा काम गर्नुस्, आज राती नै गाइडलाइन निकालिदिनेस् ताकि ५ मेदेखि जो बिहे तय भएका छन् रबै रद्द होउन् । अशोक जी प्लीज …’ यो कमेन्ट सामाजिक संजालमा निकै भाइरल भएपछि अंकुरले यसलाई डिलिट गरेका छन् । पोस्टको कमेन्ट डिलिट भए पनि यसको स्क्रिनसट भने अहिले पनि सामाजिक संजालमा भाइरल भइरहेको छ ।
Facebook Comment