देउवालाई भेट्न महन्थ र राजेन्द्र बुढानिलकण्ठमा

डिसी नेपाल
२६ वैशाख २०७८ ९:३८

काठमाडौं। प्रधानमन्त्रीले विश्वासको मत लिने मिति नजिकिँदै जाँदा राजनीतिक थप तरंगित बनेको छ। सत्तारुढ दल नेकपा एमाले विभाजिनको डिलमा पुग्दा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सक्रियता बढाएका छन्।

देउवा सोमबार प्रधानमन्त्री ओलीले लिने विश्वासको मत असफल पार्न सक्रिय भएका छन्।

यसैबीच कांग्रेस सभापति देउवा र जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच भेटवार्ता भइरहेको छ। देउवा निवास बुढानिकलण्ठमा जारी भेटवार्तामा सोमबार संसदमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नदिने विषयमा छलफल भइरहेको बताइएको छ। देउवाको आग्रहमा ठाकुर र महतो बुढानिलकण्ठ पुगेको ठाकुर निकट स्रोतले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *