बुढानिलकण्ठबाट फर्के लगत्तै ठाकुर र महतो बालुवाटारमा

डिसी नेपाल
२६ वैशाख २०७८ ११:१०

काठमाडौं। कांग्रेस सभापति शेरबहादर देउवालाई भेटे लगत्तै जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निबास बालुवाटार पुगेका छन्। अहिले बालुवाटारमा प्रधानमन्त्री ओलीसहितका एमाले नेता र जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच भेटवार्ता भइरहेको छ।

यसअघि आजै ठाकुर र महतोले कांग्रेस सभापति देउवासँग भेटवार्ता गरेका थिए। उनीहरुबीच के विषयमा छलफल भयो भन्ने विषय सार्वजनिक भएको छैन।

बुढानिलकण्ठबाट ठाकुर र महतो सिधै बालुवाटार पुगेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिँदैछन्। प्रधानमन्त्रीले आफूहरुको मुद्दा सम्वोधन गरिरहेको भन्दै जसपाभित्रको पूर्व राजपा पक्ष ओलीलाई विश्वासको मत दिनुपर्ने पक्षमा छ भने पूर्व समाजवादी पार्टी समूह भने ओली सरकार विस्थापनको पक्षमा छ।

कांग्रेसले विश्वासको मतलाई असफल पार्ने निर्णय गरिसकेको छ भने माओवादी केन्द्र पनि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। जसपाले विश्वासको मत दिने नदिने विषयमा निर्णय गरिसकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *