देउवालाई ठाकुरको जपाफ : जसपा तटस्थ बस्छ

डिसी नेपाल
२६ वैशाख २०७८ ११:३५

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिँदा जसपा तटस्थ बस्ने भएको छ। एमाले एकजुट भएको र आफूसँग निर्णयक संख्या नभएको भन्दै जसपा तटस्थ बस्ने भएको हो।

आइतबार विहान कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महताले प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा तटस्थ बस्ने जानकारी गराएको महन्थ ठाकुर निकट मानिने नेता सुरेन्द्र झाले जानकारी दिए।

छलफलमा अध्यक्ष ठाकुरले देउवालाई कांग्रेसले समर्थन पनि नगर्ने अविश्वासको प्रस्ताव पनि नल्याएर प्रधानमन्त्रीलाई नै सहयोग गरिरहेको टिप्पणी गरेका थिए। ‘अहिले नेकपा एमाले एकजुट छैन,’ ठाकुरको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘हामीसँग निर्णयक संख्या छैन। अहिले जसपाले कुनै निर्णय गरिसकेको पनि छैन। हामी तटस्थ बस्ने संभावना बढी छ।’

उनले उपेन्द्र यादवतर्फ लक्षित गर्दै कसैले विश्वासको मतको विपक्षमा मतदान गर्छु भनेको भए त्यो व्यक्तिगत धारणा मात्रै हुने बताएका थिए।

ठाकुरले देउवालाई ‘तपाइँहरुले पनि प्रधानमन्त्रीलाई नै सहयोग हुने गरी निर्णय गरिरहनु भएको छ। प्रधानमन्त्रीले पनि अहिले विश्वासको मत प्राप्त होस भन्नु भएको छैन। यसरी मुलुकलाई निर्वाचनमा अगाडि बढाउने सबैको चाहना देखियो, निर्वाचनमा जाने विषयमा जसपा तगारो बन्दैन, भनेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *