हुम्लामा व्यवसायिक खेतीका लागि १८ हजार ओखरका बिरुवा ल्याइँदै
![हुम्लामा व्यवसायिक खेतीका लागि १८ हजार ओखरका बिरुवा ल्याइँदै](https://www.dcnepal.com/wp-content/uploads/2021/05/okhar-darden.jpg)
डोल्पा । यहाँ व्यावसायिक ओखर खेतीका लागि च्यान्दलर, फिन्क्वाइटलगायतका जातका अठार हजार बिरुवा खरिद गरि जहाजमा ढुवानी शुरु गरिएको छ।
क्षेत्रिय कृषि निर्देशनालय सुर्खेतको रु ९१ लाख ६२ हजार रकम अनुदान कार्यक्रमबाट बिरुवा खरिद गरि आजदेखि जहाजमा ढुवानी शुरु गरिएको हो। आजमात्रै समिट एयरको जहाजमा नेपालगञ्जबाट नौ हजार बिरुवा ढुवानी गरेर जुफाल विमानस्थल झारिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख शरद लामाले जानकारी दिए।
सम्पूर्ण बिरुवा ढुवानीको जिम्मा समिट एयरले लिएकाले बाँकी नौ हजार बिरुवा मङ्गलबार आइपुग्ने लामाको भनाइ छ। एउटा ओखरको बिरुवाको टर्कीबाट खरिद गरि समुन्द्रीमार्ग हुँदै डोल्पासम्म ल्याइ पु¥याउँदा रु एक सय नौ परेको कृषि विकास कार्यालयले जनाएको छ।
जिल्लाका सम्पुर्ण ओखर पकेट र बल्गमा आवद्ध इच्छुक कृषक तथा समूहका लागि बिरुवा वितरणका लागि आइतबार नै सूचना जारी गरिएको कार्यालयको भनाइ छ। मङ्गलबारदेखि नै बिरुवा वितरण शुरु गरेर तल्लो डोल्पामा पर्ने मुड्केचुला र जगदुल्ला गाउँपालिका पठाइने कृषि कार्यालयले जनाएको छ।रासस
Facebook Comment