छोटो कपडा लगाएको भन्दै महिलामाथि दुर्व्यवहार, पार्कमा प्रवेश गर्न ५ वर्षलाई प्रतिबन्ध
काठमाडौं। अमेरिकाको कोलोराडोकी एक महिलालाई आफ्नो छोटो शर्टसका कारण मानसिक उत्पीडनको सामना गर्नुपरेको छ । बेली ब्रिडलभ नामकी यी महिला एक थिम पार्कमा बसेकी थिइन् जहाँ सुरक्षा अधिकारीहरुले उनको शर्टसलाई धेरै छोटो भन्दै नयाँ शर्टस किन्ने सल्लाहसमेत दिए । उनले यसबारेमा फेसबुकमा पोस्ट गरेकी छिन् र घटनाको भिडियो टिकटकमा शेयर गरेकी छिन् । उनको पोस्ट र भिडियो अहिले भाइरल भइरहेको छ । यस विषयमा फक्स न्यूजले समाचार प्रकाशित गरेको छ ।
बेलीका अनुसार उनीहरु केही दिन पहिले ओक्लाहोमा गएका थिए । उनीहरु त्यहाँ गएर कोभिड गाइडलाइनको पालना गर्दै रमाइलो गर्ने सोचेका थिए । तर, यो उनको लागि निकै नराम्रो अनुभव रह्यो । बेलीका अनुसार उनी ओक्लाहोमाको फ्रन्टियर थिम पार्कमा बेलुकी ५ बजेतिर पुगेकी थिइन् । सुरुमा उनीहरुको राम्रो स्वागत गरिएको थियो तर बेलुकी ७ बजेतिर उनीमाथि दुर्व्यवहार भयो । करिब ५ बजेतिर एक सुरक्षा गार्डले बेलीकी खेलिरहेकी छोरीमाथि चिच्याउन थाले ।
@baileybreedlove970##policeoftiktok ##sixflags ##frontiercity ##bodyshamingpolice ##trending ##donttellmewhattodo
त्यसपछि ती सुरक्षागार्ड बेली भएको ठाउँमा गए र उनको हात समाते । त्यसपछि उनलाई उनको शर्टस धेरै छोटो भएको भने । बेलीले सुरक्षा गार्डको कुरालाई बेवास्ता गर्दै ब्वाइफ्रेण्ड भएको तिर जान खोजिन् तर महिला सुरक्षा अधिकारी बेलमिाथि चिच्याउँदै अरु मानिसहरुलाई पनि बोलाइन् । त्यसपछि त्यहाँ पार्कका म्यानेजर पुगे जसले बेलीलाई नयाँ शर्टस किन्न सल्लाह समेत दिए । उनले त्यो सल्लाह अस्वीकार गरिन् ।
बेलीका अनुसार त्यसपछि उनलाई धक्का दिइयो र पार्कको गेटमा लगियो । त्यहाँ उनको परिचय पत्र मागियो र पार्कमा गैरकानुनी तरिकाले प्रवेश गरेको भन्दै धम्की दिइयो जबकि बेली टिकट लिएर त्यहाँ गएकी थिइन् । बेलीकी छोरी यो सब देखेर रुन थालिन् । बेलीका अनुसार यो पार्कले उनलाई ५ वर्षको लागि प्रतिबन्ध लगाएको छ । बेलीले यो दुर्व्यवहारविरुद्ध अदालत जाने बताएकी छिन् ।
Facebook Comment