इजरेल–प्यालेस्टाइन तनावमा नेपालले राख्यो आफ्नो धारणा

डिसी नेपाल
२९ वैशाख २०७८ १९:४२

काठमाडौं। इजेल र प्यालेस्टाइनबीच भड्किएको हिंसाले युद्धको रुप लिन थालेपछि नेपालले दुबै पक्षलाई शान्त रहन आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले बुधबार ट्वीट गर्दै दुबै पक्षले शान्तिका लागि संयमता अपनाउनुपर्ने भनेको छ।

मन्त्रालयले दुबै पक्षले मिलेर समस्याको समाधान गर्नुपर्ने भन्दै हिंसा रोक्न दुबै पक्षले प्रयास गर्नुपर्ने बताएको छ। गत सोमबार गजापट्टीस्थित अल अस्का मस्जिदमा इजरेली सेनाले प्यालेस्टाइनी प्रदर्शनकारीमाथि गोली प्रहार गरेपछि हिंसा भड्किएको थियो।

त्यसयता लगातार हिंसा भइरहेको छ। इजरेली स्वास्थ्य मन्त्रालयले इजरेली सेनाको कारबाहीमा ४६ जना प्यालेस्टाइनी मारिएको र ती मध्ये १३ जना बालबालिका रहेको जनाएको छ। यस्तै ६ जना इजरेली नागरिक पनि मारिएका छन्।

गजापट्टीलाई नियन्त्रणमा लिएको प्यालेस्टाइनी समूह हमासले इजरेलको राजधानी तेल अविवमा लगातार रकेट आक्रमण गरेको छ। इजरेली सेनाले हमासले १ हजारभन्दा धेरै रकेठ प्रहार गरेको जनाएको छ। इजरेली सेनाले पनि हमासलाई निशाना बनाएको भन्दै गजापट्टीमा हवाई आक्रमण गरेको छ। गजापट्टीको एक १३ तले भवन इजरेली सेनाले ध्वस्त बनाइ दिएको छ।

यो हिंसालाई लिएर राष्ट्रस्रघलेसमेत चिन्ता प्रकट गरेको छ।

विश्वका अरवी मुलुकहरुले इजरेलको आलोचना गर्दै विश्वभरका मुस्मिल देशहरु एकजुट हुनुपर्ने बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *