क्षिण बन्दै गठबन्धन सरकारको सम्भावना, दलहरु आन्तरिक छलफलमै व्यस्थ

डिसी नेपाल
३० वैशाख २०७८ १७:५३

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुई दलभन्दा धेरै दलको गठबन्धन सरकारका लागि दावी गर्न दिएको समय अब केही घण्टामात्र बाँकी छ। तर, दलहरुले पाएको यो तीन दिनको समयको छलफल र भेटवार्ताहरुले नयाँ सरकारबारे कुनै तस्वीर दिन सकेको छैन।

संसदको गणित अनुसार गठबन्धन सरकार बनाउन सबैभन्दा सहज रहेको एमाले आफै त्यस्तो सरकारका लागि तयार भएन भने विपक्षीहरुलाई बहुमत पुर्याउन सकस परेको छ। ३२ सिट रहेको जनता समाजवादी पार्टी भित्रको एक समूहले तटस्थ बस्ने नीति लिएपछि विपक्षीहरुले बहुमत पुर्याउन नसक्ने देखिएको हो। यद्यपी अझै ३ घण्टाको समय भने बाँकी नै छ।

विहीबार बिहानबाटै आन्तरिक र द्वीपक्षी वार्ता र छलफलमा दलहरु व्यस्थ छ। यो समाचार तयार पार्दा एमाले अध्यक्ष तथा कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच चपली हाटइमा वार्ता चलिरहेको छ। यो वार्ता ३ घण्टाभन्दा बढी समयदेखि जारी छ।

उता बुढानिलकण्ठमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक जारी छ। नयाँ सरकारको नेतृत्व गर्ने तयारी गरिरहेको काँग्रेस बैठकमा प्रधानमन्त्री ओलीलाई विस्थापित गर्ने सबै विकल्पबारे छलफल चलिरहेको नेताहरुले बताएका छन्।

यस्तै अर्को विपक्षी दल माओवादी केन्द्रको स्थायी समिति बैठक पनि बसिरहेको छ। यो बैठकमा पनि ओलीलाई कसरी विस्थापित गर्ने भन्ने विषयमा छलफल जारी छ।

अर्को विपक्षी दल जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूहले आफ्नो सांसदहरुलाई भक्तपुरको रिजर्टमा राखेको छ।

देउवाको नाममा सहमति नजुटे महन्थ ठाकुर वा काँग्रेस महामन्त्री डा. शंशांक कोइरालाको नाम पनि चर्चामा आएको छ। ठाकुरको नाम बुधबारदेखि चर्चामा छ भने कोइरालाको नाम बिहीबार चर्चामा आएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *