निषेधाज्ञा ७३ जिल्लामा विस्तार

डिसी नेपाल
३१ वैशाख २०७८ ६:१९

काठमाडौँ,। कोरोना (कोभिड–१९) सङ्क्रमण महामारीको दोस्रो लहरको रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाहरूको सङ्ख्या ७३ पुगेको छ । उपत्यकामा विभिन्न थरीका सवारी पासका नाममा सडकमा चहलपहल बढी देखिएको भन्दै बिहीबारदेखि थप कडाइ थालिएको छ ।

गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निषेधाज्ञा कार्यान्वयनमा थप कडाइ गर्नसमेत निर्देशन दिएको छ । मन्त्रालयका अनुसार खोटाङ, तेह्रथुम, पूर्वीरुकुम र मनाङबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

त्यस्तै काभ्रेपलाञ्चोक, मकवानपुर, ताप्लेजुङ, धनकुटा, सप्तरी र मुस्ताङ जिल्लामा भने निश्चित क्षेत्र तोकेर निषेधाज्ञा जारी गरिएको छ । कोरोना सङ्क्रमण नियन्त्रणको महìवपूर्ण विकल्प निषेधाज्ञा नै भएकाले मन्त्रालयले जनाएको छ ।

गृह प्रवक्ता जनकराज दाहालले काठमाडौँ उपत्यकालगायत तराईका जिल्लाहरूमा पाँच सय र पहाडी जिल्लाहरूमा दुई सयभन्दा बढी सङ्क्रमित फेला परेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निषेधाज्ञा जारी गर्न निर्देशन दिएको बतए।

कोरोना सङ्क्रमणको दोस्रो चरणको लहरका कारण सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेकाले उपचार हुँदाहुँदै पनि अकालमै ज्यान गुमाउनेहरूको सङ्ख्या पनि बढेको भनाइ उहाँको छ । उहाँले सङ्क्रमणको जोखिमबाट जोगिन निषेधाज्ञाको पालना नै महìवपूर्ण विकल्प भएको बताए।

त्यस्तै काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा बिहीबारबाट थप कडा पारिएको छ । कोभिड नियन्त्रण तथा रोकथाम समन्वय समिति काठमाडौँ (डीसीसीएमसी)ले अत्यावश्यकबाहेकका सेवा सञ्चालनमा निषेध गरेको छ ।

निषेधाज्ञामा पनि बिहान सवारीसाधनको बाक्लो चाप देखिएपछि डीसीसीएमसी प्रमुख एवं काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसहितको टोली सडक अनुगमनमा निस्केर निषेधाज्ञा कार्यान्वयनमा कडाइ गर्न निर्देशन दिएका हुन्।

उनले निषेधाज्ञा अनुगमनको क्रममा अधिकांशले सवारी पासको दुरुपयोग गरेको पाइएको जानकारी दिए। अस्पतालको पास झुण्ड्याएर अर्कै कामका लागि सवारी चलाइरहेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गाेरखापत्र दैनिकबाट

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *