बादल विरुद्ध उठेका खिमलाल हाम्रा उम्मेद्वार होइनन् : पाण्डे

डिसी नेपाल
२ जेठ २०७८ ११:१५

काठमाडौं। नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले राष्ट्रियसभा उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा विरुद्ध उम्मेद्वारी दिएका खिमलाल देवकोटा आफूहरुको उम्मेद्वार नभएको बताएका छन्।

उनले देवकोटालाई आफूहरुले उम्मेद्वार भएको भन्दा पनि प्रस्तावक माओवादी केन्द्र र समर्थक नेपाली कांग्रेस रहेको उल्लेख गर्दै केही मानिसलाई हाम्रो पनि समर्थन हुन्छ कि भन्ने अनुमान गरेको बताए।

डिसी नेपालसँग कुरा गर्दै नेता पाण्डेले भने, ‘उहाँ (खिमलाल देवकोटा) हाम्रो उम्मेद्वार भन्दा पनि माओवादी केन्द्र प्रस्तावक र नेपाली कांग्रेस समर्थक छ। केही मानिसलाई हाम्रो पनि समर्थन हुन्छ कि भन्ने लागेको होला। तर त्यसमा हाम्रो प्रत्यक्ष संलग्नता केही पनि छैन।’

के गर्ने भन्ने विषयमा आफूहरु छलफलका क्रममा नै रहेको भन्दै देवकोटाको विषयमा आफूहरु संगल्न नरहेको उनको भनाइ थियो।

पार्टीभित्रको विवाद चर्किँदै जाँदा माधव नेपाल नेपाल समूहले नेपाली कांग्रेस र माओवादी केन्द्रसँग मिलेर आफू निकट मानिन योजनाविद डा. खिमलाल देवकोटालाई राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेद्वार बनाउने निर्णय गरेको थियो।

यता एमालेले भने गृहमन्त्री रामबहादुर थापालाई उम्मेद्वारी बनाएको छ। माधव नेपाल समूहको समर्थन विना बादलले जित्ने संभावना न्युन थियो।

अहिले माधव नेपाल समूहले उठाउँदै आएको मुद्दालाई सम्वोधन गर्न प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली तयार भएपछि माधव नेपाल समूह बादललाई नै समर्थन गर्ने अवस्थामा पुगेको छ। देवकोटाले स्वतन्त्र उम्मेद्वारी दिएको र माओवादी प्रस्ताव र नेपाली कांग्रेस समर्थक रहेको छ।

नेता पाण्डेसँग गरिएकाे भिडियाे संवाद




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *