रातभरि रकेट आक्रमण भइरह्यो, बंकरभित्र बसियो : डा.अञ्जान शाक्य, राजदूत, इजरायल

डिसी नेपाल
३ जेठ २०७८ ७:४३

हमासले तेलअभिभ र सिटी सेन्टरहरुमा टार्गेट गरेको पाइएको छ। एकघण्टामा नै तीस चालीसवटा रकेट प्रहार हुन्छ। आक्रमणको पहिलो रात रातभरि नै हामी बंकरमा बस्यौं, अन्डरग्राउण्डमा नै बितायौं हामीले। आजको राति पनि हामीले बंकरमै बिताउनु परेको थियो। अण्डरग्राउण्ड नै बस्नुपरेको थियो।

तेलअभिभमा हिजो, अस्ति रकेटको बर्षा भइरहेको छ। हाम्रा कर्मचारीहरु तेलअभिभमा बस्नुहुन्छ, उहाँहरुलाई सुरक्षित बस्न भनिएको छ। यहाँ बस्ने नेपालीहरुसँग ह्वाट्सएप ग्रुप बनाएर सम्पर्क गरेका छौं। सक्दो सूचनाहरु उपलब्ध गराउन पनि भनेका छौं।

अहिलेसम्म हामी सुरक्षित छौं। इजरायलको सरकारले हामीलाई सुरक्षा दिन्छु भनेर बचन दिएको छ। यहाँ आइरन डोम भएका कारण आएका रकेटहरु त्यसले इन्टरसेप्ट गरेर निस्तेज पारिदिँदो रहेछ। त्यसले गर्दा सुरक्षित छौं।

कुनै कुनै निस्तेज गर्न नसकिएका रकेटहरु झर्न पुगेर केही ठाउँमा घरहरुमा पनि परेका छन्। मानिसहरु पनि मरे। तर, पनि अहिलेसम्म इजरायलमा नेपालीहरु सबै सुरक्षित हुनुहुन्छ , हामी सबै सुरक्षित नै छौं।

साइरन बज्यो, रकेट आयो भनेर झ्यालमा गएर बस्नु, बाहिर गएर आकाशमा बस्नु हुँदैन, भिडियो खिच्नु हुँदैन । फोटो खिच्नु हुँदैन, यहाँ कसले त्यसो गरेको हो भन्ने सजिलै थाहा हुन्छ किनकि विभिन्न ठाउँहरुमा क्यामरा राखिएको हुन्छ। त्यसैले साइरन बज्नासाथ बम सेलर भित्र बंकरभित्र जान अनुरोध गर्दछु।

रकेट आक्रमण भयो वाहिरबाट भने साइरन बज्छ, त्यो साइरन बजेको सुनिनासाथ बंकरभित्र जानुपर्छ। मैंले रकेट आएको, आक्रमण गरेको त देखिन तर, त्यो आएपछि साइरन बज्छ र साइरन बजेको ९० सेकेन्डभित्रै बंकरभित्र जानुपर्ने हुन्छ।

म बस्ने एरिया जिलिया डिप्लोम्याटको एरिया भएकोले हत्तपत्त साइरन नबज्ने एरिया हो तर पनि गएको मंगलबार रातभरि नै साइरन बज्यो। साइरन बजिसकेकापछि यहाँको नियमअनुसार, बाहिर बस्नु हुँदैन। नजिकै बंकर नभए टहराभित्र जानुपर्छ, त्यो पनि नभए टाउको छोपेर घोप्टो परेर बस्नुपर्छ भन्ने यहाँको सुरक्षा प्रोटोकल छ।

म सबैलाई आह्वान र अनुरोध गर्न चाहन्छु, यो खेलाची गर्ने समय होइन। यहाँ रकेट आएको भनेको तिहारमा हामीले पट्काउनेजस्तो पटका होइन,ज्यान लिन्छ यसले। रकेटको आँखा हुँदैन, जस्लाई पनि पर्न सक्छ।

साइरन बज्यो, रकेट आयो भनेर झ्यालमा गएर बस्नु, बाहिर गएर आकाशमा बस्नु हुँदैन, भिडियो खिच्नु हुँदैन । फोटो खिच्नु हुँदैन, यहाँ कसले त्यसो गरेको हो भन्ने सजिलै थाहा हुन्छ किनकि विभिन्न ठाउँहरुमा क्यामरा राखिएको हुन्छ। त्यसैले साइरन बज्नासाथ बम सेलर भित्र बंकरभित्र जान अनुरोध गर्दछु।

हमासले सबैभन्दा बढी आक्रमण दक्षिण इजरायलमा गरेको छ। त्यहाँका विश्वविद्यालयहरुमा नेपाली विद्यार्थीहरु हुनुहुन्छ। त्यहाँका ५ वटा कलेजहरुमध्ये ३ वटा कलेज भएका स्थानमा बढी आक्रमण भइरहेको छ।

हाम्रा विद्यार्थीहरुको सुरक्षाका लागि हामीले इजरायल सरकारसँग कुरा गरेका छौं, सेन्टरमा डाइरेक्टरहरुसँग पनि कुरा गरेका छौं । उहाँहरुले चिन्ता नगर्न भनिरहनुभएको छ।

(राजदूत शाक्यसँग डिसी नेपालको अमेरिकाबाट प्रसारित हाम्रो लेन्स कार्यक्रमका लागि अर्जुन दाहालले गरेको कुराकानी )




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *