बिरामीका आफन्तलाई अक्सिजन खोज्न नलगाउनूः स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीका आफन्तसँग अक्सिजन मागेमा अस्पतालहरुलाई कारबाही गर्ने जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले एक विज्ञीप्ती जारी गरी मन्त्रालयले आईएमयुमार्फत अस्पतालहरुलाई अक्सिजन उपलब्ध गराउने काम भईरहेको र कतिपय अस्पतालहरुले अक्सिजन खोज्ने काम बिरामीका आफन्तलाई लगाएकाले त्यसो नगर्न अनुरोध गरेका छन् ।
‘अस्पतालहरुमा अक्सिजनको अभाव हुँदै गरेको भनी चिकित्सकले बिरामीका आफन्लाई अक्सिजन लिएर आउनसु भनेको सूचना आएको छ’ विज्ञीप्तीमा भनिएको छ , ‘कसैले त्यसो गरेको पाइएमा नियमअनुसार कारबाही हुन सक्ने व्यहोरा सम्बनधीत सबैमा अनुरोध छ ।
प्रतिक्रिया
Facebook Comment