केन्द्र सरकारसँग कुनै विवाद छैनः मन्त्री शाह

डिसी नेपाल
३ जेठ २०७८ २०:११

कैलाली । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले केन्द्र सरकारसँग प्रदेश सरकारको कुनै विवाद नरहेको बताएका छन्।

कोरोना सङक्रमणको रोकथाम तथा नियन्त्रणका लागि आज कैलाली उद्योग वाणिज्य संघले धनगढीमा आयोजना गरेको सरोकारवालाहरुसँगको छलफलमा उनले केन्द्र सरकारसँग कुनै पनि विवाद नरहेको र समन्वयका लागि प्रदेश सरकार सदैव तयार रहेको बताए ।

उनले प्रदेश सरकारले कोष स्थापना गरेर कोरोना रोकथामका लागि विभिन्न कामहरु गर्दै आइरहेको बताए । मन्त्री शाहले भने, “प्रदेशको कोरोना रोकथाम तथा न्यूनिकरणका लागि प्रदेश सरकारले हालसम्म ६९ करोड खर्च गरिसकेको छ ।

छलफलमा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले कोरोना रोकथामका लागि प्रदेश सरकारले थुप्रै कामहरु शुरु गर्न खोजेको भएतापनि खरिद प्रक्रिया ढिलो हुनु र मन्त्रालयका कर्मचारीहरुको ढिलासुस्तीका कारण अपेक्षित रुपमा प्रदेश सरकारको काम देखिन नसकेको बताए । संघका अध्यक्ष पुष्पराज कुँवरले तीन तहका सरकारबीच समन्वय अभाव हुँदा जनता मारमा परिरहेको बताए ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *