कहिले सार्वजनिक गर्दैछन् दीपिका–रणवीरको बिहेको फोटो ?

डिसी नेपाल
२९ कार्तिक २०७५ १२:४८

एजेन्सी। बलिउडको ठूलो इभेन्ट दीपिका रणवीरको बिहेको कुनै पनि फोटो अहिलेसम्म सार्वजनिक भएको छैन । उनीहरु आज दोस्रोपटक बिहे गर्दैछन् । बिहेको फोटो आफूहरुले नै पहिलोपटक सार्वजनिक गर्ने भन्दै उनीहरुले कुनै पनि पाहुनालाई फोटो सार्वजनिक गर्न दिएका छैनन् । अब भने उनीहरुको फोटो कहिले आउँछ भन्ने निश्चित भएको छ । उनीहरुले बिहेको फोटो आज साँझ ६ बजे (नेपाली समय सवा ६ बजे) आफ्नो बिहेको पहिलो फोटो सार्वजनिक गर्दैछन् ।

कोंकणी विवाहपछि उनीहरुको सिन्धी विवाह पनि लगभग पूरा भइसकेको छ । पिंकभिलाको समाचारअनुसार उनीहरुले १५ नोभेम्बर (आज) साँझ भारतीय समयअनुसार ६ बजे बिहेको पहिलो फोटो सार्वजनिक गर्दैछन् । बिहेपछि उनीहरु १८ नोभेम्बरका दिन भारत फर्किनेछन् । उनीहरुले बिहेपछि दुई रिसेप्सन पार्टी राखेका छन् । पहिलो २१ नोभेम्बरमा बैंगलोरमा र दोस्रो २८ नोभेम्बरमा मुम्बइमा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *