सभापति देउवाद्वारा नेता मल्लको निधनप्रति दुःख व्यक्त

डिसी नेपाल
५ जेठ २०७८ १०:५६

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य, महासमिति सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य भागवत प्रकाश मल्लका पिता गजिन्द्रप्रकाश मल्लको निधनप्रति दुःख व्यक्त गरेका छन्। उनको यही जेठ ४ गते निधन भएको हो।

सभापति देउवाले आज एक शोक वक्तव्यर्फत उनको निधनको खबरले आफूलाई दुःखीत र मर्माहत बनाएको उल्लेख गर्दै उनको आत्माको चिर शान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। स्व मल्ल जिल्ला विकास समिति स्याङ्जाको पूर्वसदस्यसमेत हुन्।

मल्लले कांग्रेसको सङ्गठन निर्माण र नेपालका लोकतान्त्रिक आन्दोलनहरुमा महत्वपूर्ण योगदान पु¥याएकाे उल्लेख गर्दै सभापति देउवाले उनको निधनबाट पार्टीले एक अग्रज अनुभवी व्यक्तित्वलाई गुमाएको बताएका छन्। सामाजिक र विकास निर्माणका क्षेत्रमा समेत स्व मल्लको सक्रिय योगदान थियो।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *