पूर्व प्रधानसेनापति कटवालद्वारा सर्बपक्षीय गोलमेच सम्मेलनको माग (सन्देशसहित)

डिसी नेपाल
६ जेठ २०७८ ११:०९

काठमाडौं। पूर्वप्रधानसेनापति रुक्मांगद कटवालले मुलुकको शासन सञ्चालनमा सबैपक्ष असफल भइसकेको आरोप लगाउँदै सर्बपक्षीय गोलमेच सम्मेलनको माग गरेका छन्।

कोरोना संक्रमित भई लामो समय अस्पतालमा उपचार गरेर केही समयअघिमात्र डिस्चार्ज भएका कटवालले मुलुकको दुराबस्थाको चित्रण गर्दै गोलमेच सम्मेलनको माग गरेका हुन्।

बिहीबार विहान आफ्नो सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै पूर्व सेनापति कटवालले जनताको सुरक्षा, जीउधानको रक्षा सबैभन्दा बढी राज्यको प्राथमिकता हुनुपर्नेमा त्यसो नभएकोले मुलुक यसरी चल्न नसक्ने भन्दै आक्रोश पोखेका छन्।

उनले अत्याधिक बहुसंख्यक नेपाली जनताले अहिलेको नेतृत्वलाई विश्वास नगरेको आरोप लगाउँदै जनताको जीवन बचाउनै पर्ने, सुरक्षित रहन पाउनुपर्ने र राज्यका सबै अंगहरु यसका लागि नै सक्रिय हुनुपर्नेमा राज्यको नेतृत्व आफ्नै पद र शक्ति हत्याउन केन्द्रीत भएकोले उनले मुलुक अव यसरी नचल्ने तर्क गरेका हुन्। यिनी तर्कका आधारमा उनले मुलुकमा सर्बपक्षीय गोलमेच सम्मेलन हुनुपर्ने माग राखेका छन्।

उनको रोडम्यापअनुसार, संविधानमा भारीमात्रामा संशोधन गर्नुपर्ने, विशेषज्ञहरुको सरकार बनाउनु पर्ने, संबैधानिक निकायहरुमा राजनीतिक नियुक्ति नभई योग्य ब्यक्तिको नियुक्ति गर्नुपर्ने, कुटनीतिक नियुक्तिमा पनि राजनीतिक नियुक्ति बन्द गर्नुपर्छ।

अंग्रेजी भाषामा लेखिएको उनको सन्देशमा उनले पूर्वराजा र राजतन्त्रवादी भन्ने नाम उच्चारण गरेका छैनन् तर उनले चाहेको गोलमेच सम्मेलनमा पूर्वराजाको नाम नलिई परम्परागत शक्तिको सहभागिता हुनुपर्ने माग पनि गरेका छन्। सबै राजनीतिक दलहरु र परम्परागत शक्तिको सहभागितामा हुने त्यस्तो गोलमेच सम्मेलन हुनुपर्ने उनको तर्क छ।

मुलुकलाई भासिनबाट जोगाउने हो भने भन्दै उनले के के गर्दा मुलुक जोगिन सक्छ भन्ने रोडम्याप पनि सार्वजानिक गरेका छन्। उनको रोडम्यापअनुसार, संविधानमा भारीमात्रामा संशोधन गर्नुपर्ने, विशेषज्ञहरुको सरकार बनाउनु पर्ने, संबैधानिक निकायहरुमा राजनीतिक नियुक्ति नभई योग्य ब्यक्तिको नियुक्ति गर्नुपर्ने, कुटनीतिक नियुक्तिमा पनि राजनीतिक नियुक्ति बन्द गर्नुपर्छ।

आफ्नो कार्यकालमा निकै विवादमा परेका पूर्वसेनापति कटवाललाई पूर्वराजा निकटस्थहरुले आवश्यक परेका बेला राजतन्त्रलाई साथ नदिएको आरोप लगाउँछन्। मुलुकमा गणतन्त्रको घोषणा हुँदा उनी नै सेनापति थिए।

राजा ज्ञानेन्द्र सक्रिय सत्ताबाट हटेका बेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उनलाई सेनापति नियुक्त गरेका थिए। पहिलो संविधानसभा निर्वाचनपछि बनेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनलाई पदबाट हटाउने असफल प्रयास गरेको थियो। र, कटवाल काण्डकै कारण प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिनु परेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *