बलिउडका यि खतरनाक अभिनेता ! जोसँग सबै डराउँछन्
एजेन्सी , बलिउडमा हरेक प्रकारका फिल्म बन्ने गर्दछन् जसमा एक्सन फिल्म पनि पर्ने गर्दछ । बलिउड एक्सन फिल्महरुमा धेरै नायकहरुले स्टन्टम्यानको सहयोग लिने गर्दछन् । तर कोहि यस्ता नायक पनि छन् जो यी सिनहरुमा स्टन्टम्यानको हेल्प बिना नै खतरनाक सिन दिने गर्दछन् । यी नायक तुलनात्मक रुपमा अरु भन्दा बलिया समेत रहेका छन् ।
१. सनी देओल :
अभिनेता सनी देओल बलिउडका बलिया हिरो हरुमा पर्दछन् । उनि चाँडै रिसाउने नायकमा समेत पर्दछन् । कुनै समय रिसमा उनले अभिनेता अनिल कपूरको घांटी समेत थिचेका थिए । त्यसैले पनि उनि संग धेरै कलाकार डराउने गर्दथे ।
२. जोन अब्राहम :
अर्का अभिनेता जोन अब्राहम पनि बलियो नायकमा गनिन्छन् । उनले फिल्मका एक्सन सिन र स्टनटहरु आफै गर्ने गर्दछन् । एक कार्यक्रममा त उनले सबैको अघि बाइक नै उठाएर देखाईदिएका थिए ।
३. अक्षय कुमार :
बलिउडका एक्सन गुरु अक्षय कुमारले पनि स्टनटम्यानको सहयोग बिना नै खतरनाक एक्सन सिनहरु समेत आफैं दिने गर्दछन् ।
४. विद्युल जामवाल
बलवान नायकको सुचीमा नायक विद्युल पनि पर्ने गर्दछन् । उनि अभिनेता मात्र नभई मार्शल आर्टिस्ट समेत रहेका छन् ।
५. टाइगर श्राफ :
युवापुस्ता माझ चर्चित अभिनेता टाइगर श्राफ पनि बिशेष गरि एक्सन फिल्ममा काम गर्न रुचाउँछन् । उनका एक्सनलाई दर्शकले मन पराउने गरेका छन् । आफ्नो फिल्मका स्टनट हरु उनि आफैं गर्न पनि पछि हट्दैनन ।
Facebook Comment