राष्ट्रिय सभा उपनिर्वाचनः ३३८ जनाले मतदान गरे, मत गणना शुरु

डिसी नेपाल
६ जेठ २०७८ १६:४४

काठमाडौं। बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा विहीबार ३३८ जनाले मतदान गरेका छन्। निर्वाचन आयोगका अनुसार विहीबार अपरान्ह ३ बजे शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ।

यस उपनिर्वाचनमा प्रदेश सभा सदस्य ११० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता रहेकोमा प्रदेश सभा सदस्यतर्फ १०५ जना र स्थानीय तहतर्फ २३३ जना गरी जम्मा ३३८ जनाले मतदान गरेको आयोगले जनाएको छ।

यसमध्ये कोरोना भाइरस संक्रमित मतदाताको संख्या २५ जना रहेको छ। प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तह सदस्य तर्फको मतभार १८ रहेको छ।

अपरान्ह ४.३० बजेदेखि मतगणना प्रारम्भ भइसकेको छ। तीनजना उम्मेदवार रहे पनि एमालेका उम्मेदवार रामबहादुर थाप बादल र विपक्षी गठबन्धनका स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाबीच प्रतिस्पर्धा हुने देखिएको छ। नेमकिपाका पनि उम्मेदवार रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *