एमाले कार्यदल बैठक स्थगित

डिसी नेपाल
६ जेठ २०७८ १७:२०

काठमाडौं। एमालेको आन्तरिक विवाद समाधानका लागि भन्दै गठन गरिएको कार्यदलको बैठक स्थगित भएको छ। विहीबार हुने भनिएको बैठक स्थागित भएको हो। यसअघि बुधबार पनि बैठक स्थगित भएको थियो। विहीबारको बैठक स्थगित भएको कार्यदल सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए। उनले शुक्रबार बैठक बस्ने बताए।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच बढेको विवादले पार्टी विभाजनकै जोखिम भएपछि दुबै नेताहरु कार्यदलमार्फत विवाद समाधान गर्न सहमत भएका थिए। कार्यदलमा ओली निकट ५ र नेपाल निकट ५ जना छन्।

तर, विहीबार भएको राष्ट्रिय सभा नर्विाचनमा नेपाल समूहले धोका दिएको एमाले स्थायी समिति बैठकले निष्कर्ष निकालेको छ। एमालेको सो निष्कर्षपछि विवाद समाधान हुने अपेक्षा गरिएको एमालेमा फेरि विवाद बढ्ने देखिएको छ। उपनिर्वाचनमा एमालेले राबहादुर थापा बादललाई उम्मेदवार बनाएको छ भने विपक्षी गठबन्धनबाट डा. खिमलाल देवकोटा उम्मेदवार छन्। मतगणनाको प्रारम्भिक नतिजामा बादल पछाडि परेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *