प्रधानमन्त्रीले राजीनामा नदिई वा पदमुक्त नभई नयाँ सरकारका लागि आव्हान गर्न मिल्दैन : भिमार्जुन आचार्य

डिसी नेपाल
६ जेठ २०७८ २०:३५

काठमाडौं। प्रधानमन्त्रीले राजीनामा पनि नदिएको र पदमुक्त पनि नभएको अवस्थामा मन्त्रिपरिषदको सिफारिसमा विहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि प्रक्रिया शुरु गरेपछि त्यसमाथि प्रश्न उठेको छ।

संविधानविद् भिमार्जुन आचार्यले प्रधानमन्त्रीले राजीनामा नदिई वा पदमुक्त नभई नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्ने व्यवस्था संविधानमा नभएको बताएका छन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनु पूर्व नयाँ सरकार गठनको आब्हान् गर्न सक्ने संवैधानिक ब्यवस्था छैन। राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभए सम्म अर्को सरकार गठनको सिफारिश हुन सक्दैन। नियत नै ७६।३ को प्रधानमन्त्रीले संसद् विघटन गर्न खोजेको जस्तो देखियो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *