राष्ट्रपतिलाई महाअभियोग लगाउन गगन थापाको माग

डिसी नेपाल
७ जेठ २०७८ ०:०२

काठमाडौं। काँग्रेस नेता गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन माग गरेका छन्। विहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिस अनुसार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि शुक्रबार ५ बजेसम्मको समय दिएपछि उनको व्यापाक विरोध भइरहेको छ।

प्रधानमन्त्रीले राजीनामा पनि नदिएको र पदमुक्त पनि नभएको अवस्थामा सरकारकै सिफारिसमा नयाँ सरकारका लागि राष्ट्रपतिबाट प्रक्रिया शुरु भएपछि नेतादेखि कानुनका जानकारहरुले समेत राष्ट्रपतिको यो कदम संविधानसम्मत नभएको प्रतिक्रिया दिएका छन्।

यहीबीचमा नेता थापाले ट्वीट गर्दै राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाएर विदा गर्नुपर्ने बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीले जानाजान यो सबै गरेको भन्दै राष्ट्रपतिले दिएको समय अगावै नयाँ प्रधानमन्त्री बनाएर ओलीलाई विदा गर्नुपर्ने र राष्ट्रपतिलाई महाअभियोग लगाउनुपर्ने बताएका छन्। उनले यो विषयमा गनगन गर्नुभन्दा नयाँ सरकार र महाअभियोगको तयारी गर्नुपर्ने बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *