फेरि अर्को पटक प्रधानमन्त्री बन्न केपी शर्मा ओली नै राष्ट्रपतिकहाँ जाने

डिसी नेपाल
७ जेठ २०७८ १३:५७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू संविधानको धारा ७६ (५) बमोजिम पुनः प्रधानमन्त्री बन्नको लागि राष्ट्रपतिकहाँ जाने प्रस्ट पारेका छन् । बालुवाटारमा आज आयोजित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफू बहुमत जुटाउन सक्ने आधारसहित राष्ट्रपतिकहाँ जाने बताएका हुन् ।

आफूसँग प्रतिनिधिसभाका सबैभन्दा धेरै सांसद भएको नाताले भविष्यमा आफूले बहुमत जुटाउन सक्ने सम्भावना बधिक भएको बताउँदै प्रधानमन्त्री ओलीले आफू राष्ट्रपतिकहाँ जाने बताएका हुन् । उनले आफूले यसअघि पनि आफूलाई समर्थन दिन दलहरुलाई आग्ह गरेको बताउँदै समर्थन पनि नदिने र वेकल्पिक सरकार पनि नबनाउने गरेर प्रतिनिधिसभा विघटनको अवस्थामा पुगे भोलि दोष लगाउन नपाइने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *