भावी प्रधानमन्त्रीमा तीन नामको चर्चा, कसको हातमा पुग्छ देशको बागडोर ?

डिसी नेपाल
७ जेठ २०७८ १६:३७

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकारका लागि दावी पेश गर्न दिएको समय सकिन केही मिनेटमात्र बाँकी रहँदा पनि भावी प्रधानमन्त्री को हुन्छ भन्ने तस्वीर देखिन सकेको छैन। विपक्षी दलहरु र प्रधानमन्त्री कपी शर्मा दुबैले भावी सरकारका लागि राष्ट्रपति समक्ष दावी पेश गर्ने तयारी गरका छन्। दुबै समूह आ आफ्नो बहुमत रहेको दावीका साथ राष्ट्रपति निवास शीतल निवास पुगेका छन्। तर, यो समाचार तयार पार्दासम्म राष्ट्रपतिले नियुक्त गरिसकेकी छैनन्।

हालसम्म ओलीको दावी सार्वजनिक भए पनि विपक्षीले कसको नेतृत्वमा दावी गर्छ भन्ने विषय भने सार्वजनिक भएको छैन। तर चर्चामा दुई नाम रहेका छन्। काँग्रेस सभापति शेरबहादुर देउवा र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको चर्चा छ। विपक्षीहरुले नाम सार्वजनिक नगरेकाले सप्रराइज रुपमा कुनै अर्को व्यक्तिको नाम पनि आउन सक्ने सम्भावाना छ।

ओलीले एमालेका १२१ र जसपाका ३२ जनाको समर्थनमा आफूले सरकार बनाउने दावी गरेका छन्। तर, उनले गनेका १२१ मध्ये २७ जनाले भने विपक्षी गठबन्धनमा हस्ताक्षर गरेका छन्। विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षर संकलन गरेको छ। त्यसैले भावी राष्ट्रपति को बन्छ भन्ने विषयमा राष्ट्रपति भण्डारीको निर्णायक भूमिका हुने देखिएको छ। उता एमालेको विवादले नयाँ मोड लिने देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *