सेभ द चिल्ड्रेनले दियो कर्णाली प्रदेश सरकारलाई ४८ लाख बराबरको स्वास्थ्य समाग्री

सर्खेत । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था सेभ द चिल्ड्रेनले कर्णाली प्रदेश सरकारलाई ४८ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
संस्थाले शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
१३ सय थान पीपीई सेट, १७५० थान भीटीएम, ६ हजार थान सर्जिकल मास्क, लगायतका सामाग्रिहरु सेभ द चिल्ड्रेनका कर्णाली प्रदेश कार्यक्रम प्रमुख अरुणकान्त पौडेलले हस्तान्तरण गरेका हुन् ।
सामग्री बुझ्दै मुख्यमन्त्री शाहीले संकटको बेला सबैको सहयोगको खाँचो भएको बताएका छन् । ‘संकट भएको बेला यो भन्दा अगाडी पनि विभिन्न सहयोगी सस्थाहरुले सहयोग गर्दै आइरहेको र यो भन्दा पछि पनि सहयोगको खाचो छे,’ मुख्यमन्त्री शाहीले भने ।
संस्थाले कर्णालीका ४ जिल्ला कोरोनाको उच्च जोखिममा रहेको भन्दै दैलेख, कालिकोट, जाजरकोट, र सुर्खेतलाई उक्त सहयोग गरेको हो ।
Facebook Comment