थप ८ हजार ६०७ मा कोरोना पुष्टि, मृतकको संख्या छ हजार नाघ्यो

डिसी नेपाल
७ जेठ २०७८ १७:४१

काठमाडौं । शुक्रबार नेपालमा ८ हजार ६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर २२ हजार ३५३ पीसीआर र ८७३ एन्टीजेन परिक्षणमा क्रमशः ८ हजार ४०७ र २ सय जना गरी ८ हजार ६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ । जसमध्ये ३ लाख ७४ हजार ८३६ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ७ हजार ८९० जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार १९२ रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा १७७ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ६ हजार २४ जनाको मृत्यु भएको छ ।

यस्तै देशभर ९१२ जना क्वारेन्टिनमा रहेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *