४६ जिल्लामा ५ सय बढी सक्रिय संक्रमित, उपत्यकामा मात्र करिब ३४ हजार

डिसी नेपाल
७ जेठ २०७८ १८:२९

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार १९२ जना रहेको छ । जसमध्ये ३३ हजार ९१३ जना काठमाडौं उपत्यकामा मात्र रहेका छन् ।

देशभरका ४६ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी देखिएको छ । प्रदेश नं. १ मा झापा, मोरङ, सुनसरी, प्रदेश नं. २ मा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, बारा, पर्सा र रौतहट, वाग्मती प्रदेशमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप, दोलखा र सिन्धुली ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, गण्डकी प्रदेशमा कास्की, गोरखा, नवलपरासी (पूर्व), तनहुँ, म्याग्दी र स्याङ्जा, लुम्बिनी प्रदेशमा दाङ, बाँके, बर्दिया, रुपन्देही, पाल्पा, अर्घाखाँची, कपिलवस्तु, गुल्मी र नवलपरासी (पश्चिम), कर्णाली प्रदेशमा सल्यान। दैलेख र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशमा कैलाली, ढडेलधुरा, कञ्चनपुर, बैतडी, डोटी र अछाममा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार १४ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । प्रदेश नं. १ मा इलाम, ताप्लेजुङ, उदयपुर, धनकुटा, ओखलढुंगा र संखुवासभा, प्रदेश नं. २ मा सर्लाही तथा वाग्मती प्रदेशमा रसुवा जिल्ला रहेका छन् ।

त्यस्तै, गण्डकी प्रदेशमा पर्वत र लमजुङ, लुम्बिनी प्रदेशमा रोल्पा र कर्णाली प्रदेशमा जाजरकोट र रुकुम (पश्चिम) तथा सुदूरपश्चिम प्रदेशमा दार्चुलामा पनि २०० भन्दा बढी संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ७ हजार ८९० जना निको भएका छन् । काठमाडौं उपत्यकामा २ हजार ४ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा १७७ जना थपिएका छन् । नेपालमा पीसीआर गरिएकोमा संक्रमणदर १७.२७ प्रतिशत रहेको छ । मृत्युदर १.६ प्रतिशत रहेको छ । जम्मा मृत्यु प्रति दशलाखमा (पोजेटिभमा) २०६.७ रहेको छ ।

यस्तै, नेपालमा संक्रमितमध्ये पुरुष ६१.५२ प्रतिशत रहेका छन् भने महिला ३८.४८ प्रतिशत रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *