एमालेको हस्ताक्षर विवादबारे राष्ट्रपतिलाई जानकारी दिइयो

डिसी नेपाल
७ जेठ २०७८ १९:२९

काठमाडौं। सत्तारुढ दल नेकपा एमालेका सांसदहरुले शुक्रबार नयाँ सरकार गठनका लागि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षीका दावेदार काँग्रेस सभापति शेरबहादुर देउवा दुबैलारुइृ समर्थन गरेपछि दुबैले आफूहरुको बहुमत रहेको भन्दै प्रधानमन्त्रीमा नियुक्तीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दावी पेश गरेका छन्।

एउटै पार्टीका सांसदहरुले दुबै दावेदारलाई समर्थन गरेको विषय बाहिर आएसँगै नेकपा एमालेमा चर्किरहेको विवादको विषय स्पष्ट भएको छ। र एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफ्नो पार्टीका सांसदहरुको हस्ताक्षर दुरुपयोग भएको जानकारी राष्ट्रपतिलाई गराएका छन्। ओलीले पत्र लेखेर राष्ट्रपतिलाई हस्ताक्षर दुरुपयोग भएको जानकारी गराएका हुन्। साथै केही सांसदहरुलाई कारबाहीको प्रक्रिया पनि शुरु गरिएको जानकारी राष्ट्रपति कार्यालय पुगेको छ।

देउवालाई माधव समूहका २६ जना सांसदहरुले समर्थन जनाएका थिए। ती मध्ये जयकुमार राईले आफ्नो समर्थन नरहेको भन्दै राष्ट्रपतिलाई पत्र लेखेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार ५ बजेसम्म दावी पेश गर्न आव्हान गरेकी थिइन्। दुबै दावेदारले राष्ट्रपतिले दिएको सयम भित्रै दावी पेश गरेका छन्। दावी पेश गरेको दुई घण्टा बितिसक्दा राष्ट्रपतिले कुनै निर्णय भने गरिसकेकी छैनन्। तर, हस्ताक्षर विवादले राष्ट्रपतिलाईसमेत विवादमा तान्ने खतरा बढेको छ।

यदि ओलीले एमालेका २६ जना सांसदलाई कारबाही गरे, सभामुखले उनीहरु पदमुक्त भएको सूचना जारी गर्नुपर्ने हुन्छ। त्यस्तो अवस्था आए हाल २७१ कायम भएको प्रतिनिधिसभा २४५ सदस्यीय हुनेछ। र बहुमतका लागि १२३ सिट भए पुग्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *