महाव्याधिका बेला मध्यावधि ओलीलाई महंगाे पर्नेछ : विश्व प्रकाश शर्मा

डिसी नेपाल
८ जेठ २०७८ ६:५८

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मध्यावधि चुनाव प्रधानमन्त्री केपी शर्मा ओलीलाई महंगो पर्ने बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा शर्माले यस्तो बताएका हुन्। महाभारतकाे प्रसंग काेट्याउँदै उनले भनेका छन्, ‘ अहंकारकाे वृक्षमा विनासकाे फल लाग्छ’

‘बुझी राख्नु राष्ट्रपति महोदय र कमरेड प्रधानमन्त्रीजी’, शर्माले ट्वीटरमा लेखेका छन्, ‘महाव्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ । संविधानको सामुहिक बलात्कारको दुष्परिणाम महंगो पर्नेछ।’

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर कार्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा निर्वानको मिति घोषणा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *