देशघाती जोडीको निर्लज्ज कामको सम्पूर्ण शक्ति मिलेर प्रतिरोध गरौं – गगन थापा

डिसी नेपाल
८ जेठ २०७८ ९:२०

काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलेलाई देशघातीको संज्ञा दिएका छन। नेता थापाले शुक्रबार सामाजिक सञ्जालमार्फत अब खुट्टा नकमाई सम्पूर्ण जनतालाई साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न आह्वान गरेका छन।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति घोषण भएको छ। उनले उक्त कदमलाई राष्ट्रपति र प्रधानमन्त्रीले निर्लज्ज काम भन्दै सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न सबैलाई आह्वान गरेका हुन।

उनले लेखेका छन ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद् ! विघटन, पुनःस्थापित संसद्को अपमान,विश्वासको मतको नाटक, ७६(३) को सरकार गठन, विश्वास लिनुको सट्टा ७६(५) को आव्हान,अनुकुल नभएपछि फेरि विघटन! कस्तो सेटिङ ! प्रक्रिया त देखाउन मात्र थियो, यिनको मिसन त संसद् र संविधानको हुर्मत लिनु थियो । लिए !’

उनले अगाडि लेखेका छन्, ’सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्। महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिनेवाला छैनन् नेतागण! नअलमलिउँ, खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।’

 

सरकार निर्माणका सबै संवैधानिक ढोकाहरू बन्द भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र चुनावको मिति राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । राष्ट्रपति भण्डारीले मध्यराति प्रधानमन्त्री पदका लागि ओली र शेरबहादुर देउवाले गरेको दाबी नपुग्ने निर्णय गरेलगत्तै सरकार निर्माणका लागि संविधानअन्तर्गतका सबै ढोकाहरू बन्द भएका थिए ।

त्यसपछि राति मध्यरातमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएर मध्यरातमै संविधानको धारा ७६ (७) बमोजिम प्रतिनिधिसभा विघटनको सिफारिस गर्दै दुई चरणमा आम निर्वाचनको मिति घोषणा गरेका छन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *