संसद विघटन भएकोमा नेविसंघको प्रदर्शन

डिसी नेपाल
८ जेठ २०७८ १७:०७

काठमाडौ। सरकारले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति घोषणा गर्नु असंवैधानिक भएको भन्दै नेविसंघ ले प्रदर्शन गरेको छ।

काठमाडौंस्थ्ति माईतिघरमा नेविसंघ आरआर क्याम्पसका विद्यार्थीहरुले प्रदर्शन गरेका छन्।

प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेविसंघ आरआरका अध्यक्ष सन्जिव ढकालले सात दशक लामो संघर्ष पश्चात आएको लोकतन्त्रमाथि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले धज्जी उडाएको बताए।

जनता कोरोनाको चपेटामा छट्पटाएको बेला वालुवाटार र शीतल निवासको मिलेमतोमा प्रतिनिधिसभा विघटन हुनुले राष्ट्रपतिको गरिमा घटेको र राष्ट्रपति भण्डारी एमालेको मामुली कार्यकर्ता झै सक्रिय हुनुले लोकतन्त्र नै धराप परेको उनले आरोप लगाए।

उनले राजा ज्ञानेन्द्रको प्रतिगामी कदममा नडराएको नेविसंघ प्रधानमन्त्री ओलीको प्रतिगमन विरुद्ध डटेर सामाना गर्ने बताए। भारतीय इसारामा चलेको प्रधानमन्त्री ओलीलाई निर्वाचनमा जनताले उचित दण्ड दिने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *