काठमाडौं उपत्यकामा घट्न थाले सक्रिय संक्रमित, ४५ जिल्लामा ५ सय बढी संक्रमित
काठमाडौं । केहीदिनअघीको तुलनामा काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या घट्न थालेको छ । अघिल्लो हप्ता काठमाडौं उपत्यकामा मात्र करिब ४० हजार सक्रिय संक्रमित थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा ३१ हजार २३२ जना सक्रिय संक्रमित रहेका छन् ।
नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८०६ जना रहेको छ । देशभरका ४५ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी देखिएको छ ।
प्रदेश नं. १ मा झापा, मोरङ, सुनसरी, प्रदेश नं. २ मा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, बारा, पर्सा र रौतहट, वाग्मती प्रदेशमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप, दोलखा र सिन्धुली ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
यस्तै, गण्डकी प्रदेशमा कास्की, गोरखा, नवलपरासी (पूर्व), तनहुँ र स्याङ्जा, लुम्बिनी प्रदेशमा दाङ, बाँके, बर्दिया, रुपन्देही, पाल्पा, अर्घाखाँची, कपिलवस्तु, गुल्मी र नवलपरासी (पश्चिम), कर्णाली प्रदेशमा सल्यान, दैलेख र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशमा कैलाली, ढडेलधुरा, कञ्चनपुर, बैतडी, डोटी र अछाममा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार १७ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । प्रदेश नं. १ मा इलाम, ताप्लेजुङ, उदयपुर, धनकुटा, ओखलढुंगा, खोटाङ र संखुवासभा, प्रदेश नं. २ मा सर्लाही तथा वाग्मती प्रदेशमा रसुवा जिल्ला रहेका छन् ।
त्यस्तै, गण्डकी प्रदेशमा पर्वत, म्याग्दी र लमजुङ, लुम्बिनी प्रदेशमा रोल्पा र कर्णाली प्रदेशमा जाजरकोट, कालीकोट र रुकुम (पश्चिम) तथा सुदूरपश्चिम प्रदेशमा दार्चुलामा पनि २०० भन्दा बढी संक्रमित रहेका छन् ।
शनिबार नेपालमा ८ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर १९ हजार ३५७ पीसीआर र ७४८ एन्टीजेन परिक्षणमा क्रमशः ८ हजार ५९१ र ३८९ जना गरी ८ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ । जसमध्ये ३ लाख ८३ हजार ६८४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा १२९ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ६ हजार १५३ जनाको मृत्यु भएको छ ।
यस्तै देशभर ८८६ जना क्वारेन्टिनमा रहेका छन । नेपालमा पीसीआर गरिएकोमा संक्रमणदर १७.४५ प्रतिशत रहेको छ । मृत्युदर १.६ प्रतिशत रहेको छ । जम्मा मृत्यु प्रति दशलाखमा (पोजेटिभमा) २०६.७ रहेको छ ।
यस्तै, नेपालमा संक्रमितमध्ये पुरुष ६१.४६ प्रतिशत रहेका छन् भने महिला ३८.५४ प्रतिशत रहेका छन् ।
Facebook Comment