संसदीय प्रणाली त्यागेर प्रत्यक्ष प्रधानमन्त्रीय प्रणाली आवश्यक : नेपालका लागि नेपाली

डिसी नेपाल
९ जेठ २०७८ १३:४४

काठमाडौं। नवगठित नेपालका लागि नेपाली पार्टीले संसद, सरकार र ठूला दलहरु असफल भएको भन्दै संसदीय प्रणाली त्यागेर प्रत्यक्ष प्रधानमन्त्रीय प्रणाली भएको व्यवस्था स्थापित गरिनु पर्ने बताएको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै पार्टीले देशमा चरम राजनैतिक बिश्रृङ्खलता र राजनैतिक असफलताका घटनाक्रम बढेको जनाएको छ।

पर्टीले विज्ञप्तिमा उल्लेख गरेको छ ‘कोभिड १९ को दोस्रो लहरले हामी नेपालीहरुलाई धेरै ठूलो सङ्कटमा पु-याएको छ। यस्तो बेलामा राज्यका सबै संयन्त्रले स्वास्थ्य संवेदनशीलतालाई मूल बिषय बनाएर स्वास्थ्य उपचारमा ध्यान दिने र निषेधाज्ञाका कारणले रोजगारी गुमाएका परिवारहरुलाई राहत प्याकेजको तत्काल व्यवस्था गर्नु पर्ने हो। तर, यस्तो विषम परिस्थितिमा जनताहरु भोकले छट्पटाइरहेको र नेताहरु भ्रष्टचारमा लिप्त भएका छन। नागरिकको स्वास्थ्य र जीबन प्रति उदाशीन हुने जुन खेल मुलुकमा मन्चन भई रहेको छ त्यो खेदपूर्ण मात्रै नभएर मुलुकको राजनीतिको बागडोर सम्हालेका सबै नेता तथा दलहरु निराशाजनक रुपमा असफल भएको प्रमाणित समेत भएको छ।’

पर्टीले संसद विघटनलाई अमर्यादित र संसदीय मान्यता बिपरितको चरम अराजक प्रवृति भएको टिप्पणी गरेको छ। यसको जिम्मेवारी पनि यहि प्रवृतिको नेतृत्व गर्नेहरुले लिनु पर्ने उक्त विज्ञप्तीमा उल्लेख छ। अभियानका रुपमा रहेको नेपालकालागि नेपाली ३ वर्ष पछि राजनीतिक दल दर्ता भएको छ।

पार्टीले नेपालको मौलिक आवश्यक्ता अनुरुपको पार्टी  “नेपालकालागि नेपाली” गठन गरीएको जनाएको छ।  पर्टीको अध्यक्षमा डा. सुरेन्द्र भण्डारी, राष्ट्रिय अध्यक्षमा बालकृष्ण न्यौपाने र प्रवक्तामा डा. विजयप्रसाद मिश्र छन। कोभिड संक्रमण जोखिमका कारण पार्टीको घोषणा समारोहकाबीच नभएकोले पछि गरिने विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी ‘नेपालकालागि नेपाली’ निर्वाचन आयोगमा विधिवत दर्ता भई नागरिकको घरदैलोमा नयाँ सोचका साथ मूलकमा हिंसा, भ्रष्टचार र लूटतन्त्रमा आधारित राजनैतिक बेथितिलाई अन्त्य गरी मानवतावाद स्थापित गर्न अपरिहार्य भएको महसुस गरी मुलुकको राजनैतिक बिकल्प मात्रै नभएर मौलिक राजनैतिक मूलधार पार्टीको रुपमा स्थापित हुने लक्ष्यका साथ्अघि बढेको पनि जानकारी गराउन चाहान्छौं।’

‘नेपालको राजनीतिको मूल समस्या नै विदेशी वाद, सिद्धान्त र विदेशीसंगको नेताहरुको साँठगाँठ भएको हुँदा नेपाल एकीकरण एवं नेपाललाई सदा सर्बदा स्वाधीन र गौरवान्वित राख्ने पृथ्वीनारायण शाहका विचार अर्थात् पृथ्वीपथलाई मार्गनिर्देशक मानी नेपाली चिन्तनमा आधारित नेपालवादमा विश्वास गरी मुलुकलाई आर्थिक रुपान्तरण गरी नेपाल र नेपालीको पहिचानलाई विश्वमा नै पुर्नस्थापित गर्नकालागि वर्तमान सत्ता र गलत प्रणालीलाई शान्तिपूर्ण एवं अहिंसात्मक आन्दोलन र निर्बाचन दुवैका माध्यमबाट अन्त्य गर्न जरुरी भएको ठानी आउँदो निर्बाचनमा भाग लिने निर्णय गरेका छौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *