११ दिनमै पदमुक्त भएका दीपक मनाङ्गेले फेरि मन्त्रीको शपथ लिए

डिसी नेपाल
९ जेठ २०७८ १४:५०

काठमाडौं। दीपक मनाङ्गे भनेर चिनिने गण्डकी प्रदेशका सांसद राजीव गुरुङले दोसे पटक मन्त्रीको शपथ लिएका छन् । यसअघि प्रदेशको युवा तथा खेलकुद मन्त्री बनेका गुरुङ मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएसँगै पदमुक्त भएका थिए ।

प्रदेशमा विपषी गठबन्धनले बहुमत पुर्याएर सरकार बनाउन नसकेपछि ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पृथ्वी सुब्बा गुरुङ पुनः मुख्यमन्त्री बने । यससँगै उनले मनाङ्गेलाई पुनः युवा तथा खेलकुदमन्त्री बनाएका थिए । सोहीअनुसार उनलाई आज मन्त्री पदको शपथ ग्रहण गराइएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *