थप ७ हजार ९१४ जनामा कोरोना पुष्टि, १९३ जना मृतक थपिए

काठमाडौं । आइतबार नेपालमा ७ हजार ९१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख १३ हजार ५५७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा १९३ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ६ हजार ३४६ जनाको मृत्यु भएको छ ।
हाल देशभर १ लाख १५ हजार ५४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये संस्थागत आइसोलेशनमा ७ हजार ३४९ जना र होम आइसोलेशनमा १ लाख ८ हजार १९८ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना निको भएका छन् ।
प्रतिक्रिया
Facebook Comment