बिपी प्रतिष्ठानमा अक्सिजन अभाव छैनः प्रजिअ ढकाल

डिसी नेपाल
९ जेठ २०७८ १९:१४

इनरुवा । सुनसरीको धरान उपमहानगरपालिकास्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजनको अभाव नरहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जिल्लामा अक्सिजन पर्याप्त मात्रामा रहेको हुँदा समस्या नदेखिएकोे जानकारी दिए ।

अक्सिजन प्लान्टमा समस्या भए पनि बिरामीको उपचारका क्रममा वैकल्पिक व्यवस्था मिलाएर समेत अक्सिजनको सेवा दिन सकिने अवस्था रहेको उनले स्पष्ट पारे । तत्काल १०० देखि १५० वटा सिलिण्डर अक्सिजन आवश्यक परेका खण्डमा उपलब्ध हुने अवस्था रहेको प्रजिअ ढकालले बताए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *