कसले बुझ्ने कोभिड वार्डका नर्सको पीडा ?
![कसले बुझ्ने कोभिड वार्डका नर्सको पीडा ?](https://www.dcnepal.com/wp-content/uploads/2021/05/1470909837nurse-web-pic-final.png)
काठमाडौं । झापाको मेची प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्पतालमा कार्यरत चिकित्सक र नर्सले आफ्नो मर्म प्रशासनले नबुझेको गुनासो गरेका छन्।
‘कोभिडका बिरामीको मात्र समस्या देखिन्छ। हाम्रो पीडा कस्ले बुझ्ने रु’, कोभिड वार्डको आइसोलेसनका बिरामीलाई हेरेर भर्खरै बाहिर निस्कदै गरेकी नर्स कमला महत ९नाम परिवर्तन० ले स्टाफ वार्ड छिर्ने ढोकामा थचक्कै बस्दै भनिन्।
झापाको गर्मी र त्यसैमाथि पीपीई सेटमा भएकी उनको टाउकोदेखि खुट्टासम्म सबै पसिना बगेको थियो।
स्टाफ कक्षमा आउने बित्तिकै उनले साथीलाई भनिन्, ‘एकदमै कमजोरी महशुस भएको छ। पानी देउ।’, बिहान ८ बजे दूध र पाउरोटी खाएर बिरामीलाई मेडिटेसन गराउन र सबैको स्वास्थ्य अवस्था हेर्न छिरेकी कमला र उनकी साथी बिहिर निस्कदा लखतरान भएका थिए।
‘बिरामीलाई केही बेर खाना ढिला आउँदा पुरै हल्ला हुन्छ। समस्या देखिन्छ’, उनले भनिन्, ‘हामी यसरी थरथर कामेर भोकै दिउँसोसम्म काम गरेको कसैले देख्दैनन्। उल्टै अपजस मात्र सुन्नुपर्छ।’
बिरामीले बोलाइसक्दा १ मिनेट ढिला नगरी आइसोलेसनमा पुग्नुपर्छ। यदि ढिला भइहाल्यो भने आक्रामक शैलीमा बिरामी नै आइलाग्ने गरेको उनको भनाइ छ। ‘भित्र ६०, ६५ जना हुनुहुन्छ। हामी एकजना त भित्र छिर्न पनि सक्दैनौँ। आइसोलेसनमा आएका कतिपय बिरामीको बोल्ने तरिका पनि हुँदैन’, उनको बोली रोकिएको थिएन, ‘खाना ढिलाभयो भने पनि हामीसँग एकदम रिसाउनु हुन्छ।’
बिरामीका लागि अस्पतालले खानाको राम्रो व्यवस्था नगर्दा त्यसको मारमा आफूहरु परेको उनको बुझाइ छ।
‘प्रशासनबाट एकदम चिसो व्यवहार छ। मुख्य त खाने कुरामै लापरवाही छ’, विद्यालय नर्सिङबाट आएकी रोशनी मैनाली ९नाम परिवर्तन० ले भनिन्, ‘बिहान, बेलुका दुई टाइम मात्र दाल भात तरकारी एकै ठाउँमा हालेर ढाडिएको खाना आउँछ। त्यो खानै सकिँदैन। त्यो आक्रोश बिरामीले हामीमाथि पोख्छन्।’ अन्नपूर्णपाेष्ट दैनिकबाट
Facebook Comment