एक महिनाको अवधिमा कसैको पनि मृत्यु नभएको रात

डिसी नेपाल
१० जेठ २०७८ ९:०२

काठमाडाैं। कोरोनाको दोस्रो लहर सुरु भएयता गत एक महिनाको अवधिमा पहिलोपटक शनिबार राति बाँकेका कुनै पनि सङ्क्रमितको मृत्यु नभएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले शनिबार अपराह्न चार बजेदेखि आइतबार दिउँसोसम्म बाँकेको भेरी अस्पताल र मेडिकल कलेजमा पहिलोपटक जिल्लाका कुनै पनि सङ्क्रमितको मृत्यु नभएको बताए ।

तर, सो अवधीमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका आठजना सङ्क्रमितको भने उपचारकै क्रममा रातभरिमा मृत्यु भएको उनले बताए ।

फोकल पर्सन ओलीका अनुसार गत एक महिनायता रातभरि र अर्को दिन दिउँसोसम्म बाँकेका कुनै पनि सङ्क्रमितको मृत्यु नभएको यो पहिलोपटक हो । यसअघि हरेक राति जिल्लाका पाँचदेखि १० जनासम्मको मृत्यु हुँदै आएको थियोध्र बाहिरी जिल्लाबाट आएर उपचार गराइरहेकामध्ये गएराति ६ जनाको भेरी अस्पताल र दुईजनाको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको ओलीले बताए ।  गोरखापत्र दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *