नेको इन्सोरेन्सको बोनस सेयर घोषणा
![नेको इन्सोरेन्सको बोनस सेयर घोषणा](https://www.dcnepal.com/wp-content/uploads/2021/05/2-10.jpg)
काठमाडौं। नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। कम्पनीको जेठ ९ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो।
सञ्चालक समितिको बैठकले १५ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८२ प्रतिशत नगद गरी १६ दशमलब ३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिको स्वीकृति र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।
प्रतिक्रिया
Facebook Comment