धन्य सफल भयो–सङ्क्रमित गर्भवतीको शल्यक्रिया

डिसी नेपाल
१० जेठ २०७८ २०:२८

दुल्लु . जिल्ला अस्पताल दैलेखमा कोरोना सङ्क्रमित एक गर्भवतीको शल्यक्रिया गरिएको छ । उgको शल्यक्रियाबाट बच्चा जन्माइएको छ । दुल्लु नगरपालिका–९ की ती महिलाको डा जगत थापा नेतृत्वको टोलीले सफल शल्यक्रिया गरेको हो । अहिले आमा र बच्चाको स्वास्थ्यस्थिति सामान्य रहेको डा थापाले जानकारी दिP ।

ती महिलालाई उgलाई सुत्केरी ब्यथाले च्यापेपछि जिल्ला अस्पतालमा ल्याइएको थियो । सुत्केरी गराउने क्रममा उgL पहिलेदेखि बिरामी भएको जानकारी पाएपछि जाँच गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको डा थापाले जानकारी बतfP । समयमा ती महिलालाई अस्पताल ल्याउन नसकिएको भए ज्यान जोखिममा पर्न सक्ने थियो ।

सो अस्पतालमा गत तिन महिनादेखि बन्द भएको शल्यक्रिया सेवा पुन सञ्चालनमा आएको छ । उgलाई जिल्ला अस्पतालको आइसोलेशनमा राखेर उपचार गरिने र पूर्ण स्वस्थ भएपछि घर पठाइने अस्पतालले जनाएको छ । सो अस्पतालमा प्रशूतिसम्बन्धी विशेषज्ञ चिकित्सक अभाव भएको विषयमा राससले समाचार सम्प्रेषण गरेको थियो ।

जिल्ला अस्पतालमा गत तिन महिनासम्म उक्त सेवा बन्द हुँदा गर्भवतीहरु उपचार र शल्यक्रियाका लागि सुर्खेतस्थित अस्पतालमा धाउने गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *