प्रतिनिधिसभा विघटनसम्बन्धी सबै रिट संवैधानिक इजलासमा पठाउन आदेश

डिसी नेपाल
१३ जेठ २०७८ १४:३८

काठमाडौं। सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनका विषयमा परेका सबै इजलासको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने र घोषणा गरिएको प्रतिनिधिसभाको निर्वाचन बदर गरिनुपर्ने मागसहित परेका १९ रिटको आज सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको इजलासले सबै रिट संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो ।

साधारण इजलासमै सुनुवाइ हुन मिल्ने गरी दायर भएका १९ रिटको सुनुवाइ आज प्रधानन्यायाधीशको एकल इजलासमा तोकिएकोमा अब यी सबै रिट संवैधानिक इजलासमा जानेछन् । पहिले नै संवैधानिक इजलासमा सुनुवाइको माग गर्दै परेका ११ रिट छन् । अब आज पठाइएका १९ र पहिले नै संवैधानिक इजलासको माग गरिएका ११ गरी ३० रिटको सुनुवाइ भोलि संवैधानिक इजलासमा हुनेछ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *