माधव नेपाल समूहसँग एकताको प्रयास हुँदैन : गोकुल बाँस्कोटा (भिडियो)

डिसी नेपाल
१४ जेठ २०७८ १२:२९

काठमाडौ। नेकपाका नेता गोकुल बास्कोटाले माधव नेपालसँग अब एकताको प्रयास नगरिने बताएका छन्। डिसी नेपालसँग कुरा गर्दै बास्कोटाले आफ्नो समूहको तर्फबाट गरिने सबै प्रयास गरेको र हरेक प्रयासमा माधव नेपालले व्यक्तिगत कुण्ठा र भागबण्डा खोजेको भन्दै अब त्यस्ता प्रयास नहुने बताएका हुन्।

‘पार्टीमा हामीले सकेसम्मको प्रयास गरेका थियौं,’ बास्कोटाले भने, ‘पार्टी फूटाएर जानेहरुको अवस्था के हुन्छ भन्ने उदाहरणहरु धेरै हुनुहुन्छ। शेरबहादुर देउवालगायतका व्यक्तिहरुलाई पार्टी फुटाउँदो अवस्थाका बारेमा थाहा छ। हामीले पार्टी एकताका लागि जति प्रयास गरेका छौं। त्यो प्रयास अति धेरै छ। उहाँ(माधव नेपाल) आफू बाहेककाले पार्टी चलाउदा चल्दैन भन्ने भावना राख्नु हुन्छ। १५ वर्षसम्म पार्टीको नेतृत्व गर्दा पार्टीलाई न भाले न पोथी बनाएको हैन?’

पार्टीको नऔँ महाधिवेशनबाट निर्वाचित भएर आएको अध्यक्ष ओली भएको बताउँदै बास्कोटाले पार्टी अध्यक्ष पद किस्तिमा हालेर माधव नेपाललाई बुझाउन नसकिने बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले अरु कुनै विकल्प नभएकाले पुष ५ मा प्रतिनिधिसभा विघटन गरेको बताउँदै पूर्वमन्त्री बास्कोटाले अहिले त अर्को सरकार दिन नसकेपछि प्रतिनिधिसभा विघटन भएको सुनाए। उनका अनुसार प्रतिपक्षीहरुको पनि बहुमतको प्रक्रिया पुग्न नसकेपछि संविधानतः प्रधानमन्त्री ओलीले संसद विघटन गरेका हुन्।

उनले भने, ‘सबै राजनीतिक दलहरुले प्रजातन्त्रको वकालत गर्छन। प्रजातन्त्र भनेको जनताको माझ जाने हो की आफ्नै पार्टीको सरकारलाई असहयोग गरेर विपक्षीको गुटमा गएर मिसिने हो। प्रजातन्त्रमा निर्वाचन घोषणा हुँदा खुसिहुनु पर्छ कि रुनु पर्छ। कस्तो प्रजातन्त्रको अभ्यासमा उहाँहरु हुनुहुन्छ।’

जसपा र नेकपा एमालेको सांसदहरुको हस्ताक्षर समेटेर प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको दाबी पेस गरेको बास्कोटाको भनाइ थियो।

बास्कोटाले भने, ‘नेपालको संविधानमा दलको व्यवस्था के गरेको छ हेर्नु पर्छ सबैले, जसापामा संसदीय दलको नेता को हुन्, अध्यक्ष को हुन् भनेर हेर्नु पर्दैन। नेपाली कांग्रेसले नेकपा एमालेका सांसदहरुलाई चोरेर संख्या पुर्याउनु प्रजातन्त्र हो। हामीले कांग्रेकासका सांसदलाई चोरेको अवस्थामा उनीहरुले कस्तो प्रतिक्रिाया दिने। अब सुरुवाती त उहाँहरुले नै गर्नु भयो नि यस्ता क्रियाकलाप आफूले गर्दा संविधानतः विधानतः हनुे अरुले गरे असंवैधानि, अवैधानिक, प्रतिगमन के के हुने?’

सरकारले निर्वाचन जसरी पनि गराउने बास्कोटाले जानकारी दिए। बास्कोटाका अनुसार सरकारले सम्पूर्ण नागरिकलाई दुई डोजको खोप दिएर निर्धक्कसँग निर्वाचनमा भाग लिन पाउने वातावरण बनाउने बताए। उनले भने, ‘पाखुरामा दुई खोप, सूर्य चिन्हमा १ भोट।’

पूर्व सूचना तथा संचार मन्त्री समेत रहेका नेता बास्कोटाले नेपाली पत्रकारितामा मिसन पत्रकारिता विकृत भएर आएको बताए। उनले नेपालका केही ठूला संचार माध्यामले नै स्थायित्व नचाहेको समेत बताएका छन्।

उनले भने, ‘हामीले बाहिर जति ठूलो कुरा गरे पनि नेपालका सबै मिडियाहरु, अझ अलि ठूला भनिने मिडियाहरुको मिसन पत्रकारिता विकृतिको रुपमा नै आएको छ। यिनीहरु व्यापारीको कब्जामा छन्। स्थिरता भएन भने व्यापार हुँदैन। त्यसैले अस्तिरताको लागि लागि पर्ने गर्छन।’

भिडियाे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *