सबै दललाई चुनावका लागि सरकारमा आउन प्रधानमन्त्रीको आव्हान

डिसी नेपाल
१४ जेठ २०७८ १६:३४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दललाई चुनावका लागि सरकारमा आउन आव्हान गरेका छन् ।

शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै उनले विपक्षी दल र आफ्नै पार्टीका केही व्याक्तीले अमर्यादित, अस्वस्थ, अलोकतान्त्रिक र कीर्ते रुपमा हस्ताक्षर गराएर प्रधानमन्त्रीका लागि दावी गरेको जनाउँदै उनले यस कारण पनि मुलुक मध्यावधि निर्वाचनमा गएको बताए ।

उनले निर्वाचनमा भाग लिन सबै पक्षलाई आग्रह गर्दै संविधानबमोजिम आफ्नो नेतृत्वको राष्ट्रिय सरकार बनाएर निर्वाचनमा जान आफू तयार रहेको स्पष्ट गरे ।

संसदीय राजनीतिक प्रणालीका आधारमा आफूले प्रधानमन्त्रीमा गरेको दावी उपयुक्त भए पनि विश्वासको मत पाउने सक्ने आधार नदेखेपछि राष्ट्रपतिले दुवै पक्षको दावी अस्वीकार गरेको धारणा उनले राखे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *