प्रधानमन्त्रीको असंवैधानिक कदमले देशलाई अँध्यारो सुरूङतर्फ धकेल्याे : सिंह

डिसी नेपाल
१५ जेठ २०७८ १०:०७

काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले राष्ट्रपति र प्रधानमन्त्रीकाे भूमिकाले ऐतिहासीक उपलव्धीहरु गणतन्त्र, संघीयता र समावेशीता संकटमा परेको बताएका छन्।

१४ औं गणतन्त्रको दिवसको अवसरमा शुभकामना दिँदै उनले गणतन्त्र मार्फत जनताको छोराछोरी देशको अभिभावक बनाएपनि संविधानको पालक गणतन्त्रको प्रतिक राष्ट्रपति र कार्यान्वयनको मूल दायित्वमा रहेका प्रधानमन्त्रीको असंवैधानिक कदमले देशलाई अनिश्चयको अँध्यारो सुरूङतर्फ धकेलेको बताएाका हुन्।

नेता सिंहले नेपाली जनताको लामो संघषबाट प्राप्त गणतन्त्र र नेपालको संविधानमाथि भईरहेको प्रहार विरुद्ध उत्रन सवैलाई आग्रह गरेका छन्।

‘हिजो गणतन्त्रका लागि लडेका सबै शक्ति पुनः एकपटक जनताको मतबाट निर्वाचित प्रधानमन्त्रीको स्वेच्छाचारी कदमकाविरूद्द्ध गणतन्त्र, संविधान र संसदको रक्षार्थ राजनीतिक र कानुनी रूपमा प्रतिवादमा उत्रिएकात्रिएका छौं।’ समाजिक सञ्जालमार्फत शुभकामना दिँदै नेता सिंहले भनेका छन्–‘नेपाली जनता कोरोना महामारीमा रहेका बेला देशको प्राथामीकतामा जनताको जीवन रक्षाको विषय परेन।’

कोरोना महामरीसँग जुधिरहेका जनताले अक्सिजनको सिलिण्डर खोजिरहेको बेला,अस्पतालमा शैयाको अभावमा छट्पटाइ रहेको समयमा जनताको हातमा मतपत्र थमाउने सरकारको जति निन्दा गरे पनि कम हुने उनले उल्लेख गरेका छन्।

साथै उनले महामारीको बेलामा जनताको जीवन बचाउन होइन मत माग्न जाउँ भन्नू कुन मानवीयताले दिनसक्छ ? भन्ने प्रश्न समेत सरकारलाई गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *