काेराेनाबाट निको हुने सङ्ख्या बढ्दै

डिसी नेपाल
१६ जेठ २०७८ ७:४२

काठमाडाैं। नेपालमा शनिबार थप चार हजार ४८७ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । योसहित नेपालमा कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख ५३ हजार ४२२ पुगेको छ।

यसैगरी छ हजार ८० जना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा चार लाख ३४ हजार ७५० जना निको भएका छन् । शनिबार थप ११६ जना सङ्क्रमितको मृत्यु भएको छ ।

योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या सात हजार १६३ जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ हजार छ जनाको पीसीआर र ७४६ जनाको एन्टिजेन विधिबाट गरी कुल १४ हजार ७५२ जनाको कोभिड–१९ परीक्षण गरिएको थियो ।

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख ११ हजार ५०९ रहेको छ । त्यसैगरी देशभरका कोभिड अस्पतालका आईसीयूमा एक हजार ६१४ जना र भेन्टिलेटरमा ४५७ जना सङ्क्रमित उपचाररत छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *