प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुँदै

डिसी नेपाल
१६ जेठ २०७८ ९:१६

काठमाडौं। प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दाको आज पनि संवैधानिक इजलासमा सुनुवाइ जारी छ। शुक्रबार पहिलो सुनुवाइ भएका मुद्दाहरूमा बहस नसकिएपछि आज पनि सुनुवाइ हुन लागेको हो।

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी ३० वटा रिट दर्ता भएका छन्। निवर्तमान प्रतिनिधिसभाका सदस्य १४६ सहितका २६ रिट निवेदक संसद् पुनःस्थापना गर्नुपर्ने पक्षमा छन्।

अर्कोतर्फ प्रतिनिधिसभामा आफ्नो बहुमतको आधार पेश गरेका प्रधानमन्त्री ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै अधिवक्ता धनजीत बस्नेत, कृष्ण भण्डारी, राजाराम घिमिरेलगायतले छुटाछुटै चार रिट निवेदन दर्ता गराएका थिए।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा शुक्रबारबाट बहस शुरु भएको थियो।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा सहित न्यायाधीशहरु दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *