प्रतिनिधिसभा विघटनबारे सुनुवाइको सुरुमै संवैधानिक इजलासका न्यायाधीशमाथि नै प्रश्न उठाइयो

डिसी नेपाल
१६ जेठ २०७८ १२:२१

काठमाडौं। प्रतिनिधि सभा विघटनको निर्णयका विरुद्ध परेका रिटको सुनुवाइ संवैधानिक इजलासमा आज पुनः सुरु भएको छ । शुक्रबार सुनुवाइको समय सकिएर हेर्दाहेर्दैमा स्थगित भएको सुनुवाइ आइतबार पुनः सुचारु भएको हो । सिधै संवैधानिक इजलासमा सुनुवाइ गरिएका ११ र साधारण इजलासबाट संवैधानिक इजलासमा पठाइएका १९ गरी कूल ३० रिटउपर सुनुवाइ जारी छ ।

सुनुवाइको क्रममा न्यायाधीश बमकुमार श्रेष्ठमाथि प्रश्न उठाइएको थियो । अधिवक्ता गोविन्द बन्दीले न्यायाधीशमाथि नै प्रश्न उठाएपछि संवैधानिक इजलासका अध्यक्ष प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले लिखत माग गरेका छन् । शुक्रबार पनि न्यायाधीश श्रेष्ठमाथि प्रश्न उठेपछि सुनुवाइ स्थगित भएको थियो । शुक्रबार ८ रिटमाथि सुनुवाइ भएकोमा न्यायाधीशमाथि नै प्रश्न उठेपछि बाँकी रिटमाथिको सुनुवाइ हेर्दाहेर्दैमा राखी सुनुवाइ स्थगित गरिएको थियो ।

खासमा यसअघि नेकपाको एकीकरण बदर गरी नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिने न्यायाधीश श्रेष्ठ नै हुन् । न्यायाधीश श्रेष्ठकै इजलासले ऋषि कट्टेलको तर्फबाट नेकपा नाममा आफ्नो दावी गर्दै दायर मुद्दाको फैसलामा एमाले र माओवादीको एकीकरण बदर गर्दै दुवै पार्टीलाई एकीकरणपूर्वको अवस्थामा फर्काइदिएको थियो । न्यायाधीश श्रेष्ठको त्यही फैसलाका विषयमा अधिवक्ता बन्दीले प्रश्न उठाएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *