लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचनमा २ सय ९७ मत खस्यो

डिसी नेपाल
१७ जेठ २०७८ १५:३९

काठमाडाैं। लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको उपनिर्वाचनमा कुल ३ सय मतदाता रहकोमा २ सय ९७ जनाले मतदान गरेका छन्। तीन जना मतदानमा अनुपस्थित भएका छन्। अब मुचुल्का उठाएर मतगणना सुरू हुने र मतपरिणाम आजै आउने निर्वाचन आयोगले जनाएको छ।

उपनिर्वाचनमा नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसका दृगनारायण पाण्डेले उम्मेदवारी दिएका थिए। खड्कालाई ठाकुर नेतृत्वको जनता समाजवादीले समर्थन गरेको थियो, भने पाण्डेलाई माओवादी केन्द्र, उपेन्द्र यादव पक्षको जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेको थियो।

नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित अर्घाखाँचीका चन्द्रबहादुर खड्काले एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका थिए। रिक्त पदमा नेकपा एमालेबाट खड्का नै उम्मेदवार बनेका छन् भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थनमा कांग्रेसका दृगनारायण पाण्डेय उम्मेदवार बनेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *